हेटौंडा| चितवनको भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा केहीबेर तनाव भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन-२ का उम्मेदवार रवि लामिछानेका समर्थकहरूले नाराबाजी गरेपछि भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा केहीबेर तनाव भएको हो ।
उम्मेदवार लामिछाने मतदानस्थलमा पुगेपछि उनका समर्थकहरूले नाराबाजी गरेपछि अन्य उम्मेदवारका समर्थकसंग विवाद भएको थियो । विवाद बढेर तनावग्रस्त भएपछि प्रहरीले लाठीचार्ज गरि भिड व्यवस्थापन गरेको थियो । मतदान पनि प्रभावित भएको जनाइएको छ ।
सेयर गर्नुहोस्






















