एक गर्भवतीको भिरबाट लडेर मृत्यु

हेटौंडा टुडे
२०८० बैशाख १३, बुधबार ०९:१७ गते

हेटौंडा|  डोटीको जोरायल गाउँपालिका–१ कि एक गर्भवतीको भिरबाट लडेर ज्यान गएको छ । जङ्गलमा स्याउला संकलन गर्ने क्रममा २१ वर्षीया अनिता मल्लको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रहरीका अनुसार, अनिता मंगलबार बिहान स्याउला लिन घरबाट करिब २ किलोमिटर टाढाको जङ्गलमा गएकी थिइन । दिउँसो खाना खाने समयमा पनि उनी घर नफर्केपछि खोजतलास गर्दा स्याउला संकलन गरेको स्थानबाट करिब चार सय मिटर तल खोल्सामा मृत अवस्थामा फेला परेकी हुन् ।

प्रहरी, जनप्रतिनिधि, स्थानीय बासिन्दाको सहयोगमा मृतकको भिरबाट शव निकालिएको र शव पोष्टमार्टमको लागि उप क्षेत्रीय अस्पताल डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*