लुम्बिनीमा कांग्रेसका चौधरीद्वारा मुख्यमन्त्रीमा दावी पेश

हेटौंडा टुडे
२०८० बैशाख १४, बिहीबार १५:५५ गते

हेटौंडा| नेपाली कांग्रेस लुम्बिनी संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनको लागि अपरान्ह ४ बजेभित्र दावी पेश गर्न समयसीमा दिएपनि त्यस अगावै चौधरीले दावी पेश गरेका हुन् ।

उनले आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतको समर्थनसहित प्रदेश प्रमुख दाबी पेश गर्न गरेका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि आज दिउँसो ४ बजेभित्र दावी पेश गर्न समयसीमा दिएका थिए ।

गत पुस २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री लिला गिरी माओवादीसहितका दलले सहकार्य तोडेपछि अल्पमतमा परेका थिए । उनले पछिल्लो पटक विश्वासको मत समेत हासिल गर्न सकेनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*