हेटौंडाका पत्रकार बञ्जराको विषयमा निष्पक्ष छानबिन गर्न महासंघको माग

हेटौंडा टुडे
१४ बैशाख २०८०, बिहीबार १७:४२

हेटौंडा|नेपाल पत्रकार महासंघ मकवानपुरले आफ्नो सदस्य इन्द्रप्रसाद बञ्जरा (रमेश)माथि लागेको आरोपको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

महासंघका अध्यक्ष मणिराज गौतमले आज विज्ञप्ति जारी गर्दै पत्रकार बञ्जराको विषयमा निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।

गत ३० चैतमा एक महिलाले आफूमाथि बञ्जराले जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरी परेसँगै प्रहरीले बञ्जारालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । ‘पछिल्ला दिनमा मकवानपुरका सञ्चार माध्यममा उक्त घटनासंग सम्वन्धित विषयका विभिन्न समाचार तथा सीसीटिभी फुटेजहरु प्रकाशन/प्रशारण भइरहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई घटनाको निष्पक्ष र दोहोरो छानबिन गरी चाँडोभन्दा चाँडो दोषीलाई कारवाही र निर्दोषलाई न्याय दिलाउनका लागि कुनै दबाब र प्रभावमा नपरी अध्ययन तथा अनुसन्धानका लागि महासंघ मकवानपुर जोडदार माग गर्दछ । ’ अध्यक्ष गौतमले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

त्यस्तै नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका सदस्य इन्द्रप्रसाद बञ्जरा (रमेश) माथि लागेको आरोपको निष्पक्ष छानबिनको माग गर्न नेपाल पत्रकार महासंघ बागमती प्रदेशले पनि छानबिनको माग गरेको छ ।  मिति २०७९ चैत्र ३० गते नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका सदस्य इन्द्रप्रसाद बन्जारा (रमेश) लाई एक महिलाको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धानको लागि सोही दिन नियन्त्रणमा लिएको घटनाप्रति नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको ध्यानाकर्षण भएको छ । केही दिनयता बिभिन्न सञ्चारमाध्यममा उक्त घटनासँग सम्बन्धित विषयमा उनलाई फसाउने प्रयास गरेको आशंका सहित समाचार तथा सिसीटिभी फुटेजहरु प्रकाशनर प्रशारण भइरेहेका छन् । कसैको दवाब र प्रभावमा नपरी घटनाको निष्पक्ष र दोहोरो छानविन गर्न र विलम्ब नगरी सत्यको पक्षमा न्याय निरुपणको लागि सम्बन्धित सरोकारवाला निकायहरुसँग माग गर्दछौं । महासचिब कृष्ण सारु मगरले विज्ञप्ति जारी गर्दै लेखेका छन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*