आज अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइँदै

हेटौंडा टुडे
१८ बैशाख २०८०, सोमबार १२:३९

हेटौंडा | आज मे महिनाको १ तारिख, संसारभरि नै वर्षको यो दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाईदैछ । यसलाई मे दिवस भनेर पनि चिनिन्छ ।

मे दिवसलाई समाजवाद अनि कम्यूनिज्मसँग तथा क्यूबा र पूर्व शोभियत यूनियनसँग जोडेर हेर्ने चलन पनि रहेको छ । तर, यस दिनलाई श्रमिक अधिकारको वकालत गर्ने दिनका रुपमा चिनिन्छ । आजकै दिनमा नेपालका पनि विविध कार्यक्रम गरी यो दिवस मनाईदैछ ।

सन् १८८६ को मे महिनाको ४ तारिखमा अमेरिकाको सिकागोमा हे मार्केट काण्ड भएको संझनामा मे १ लाई श्रमिक अनि श्रम सँग समबन्धीत मुद्धाको लागी विशेष अन्तराष्ट्रिय दिवसका रुपमा मनाईन्छ ।

यस दिन श्रमिकहरुले दैनिक रुपमा ८ घण्टा कार्य गर्ने वातावरणका लागि भनेर आन्दोलन गरेकोमा अपरिचित एक जनाले प्रहरीमाथि बम फालेको र बदलामा प्रहरीको जवाफी हमलामा धेरैजना निर्दोषहरुको ज्यान गएकोे सम्भलना स्वरुप मे १ मनाउन थालिएको हो ।

यो आन्दोलनपूर्व सामान्यरुपमा संसारभरिका कामदारहरुले दैनिक १६ घण्टासम्म पनि कार्य गर्नुपथ्र्यो । सो अवसरमा आज सरकारले सार्वजनिक विदा दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*