संघीय संसद् सचिवालयले समितिको बैठक बोलाउने तयारी

हेटौंडा टुडे
१९ बैशाख २०८०, मंगलवार ११:०१

हेर्टौंडा|प्रतिनिधि सभाले १० वटा विषयगत समितिको गठन गरेसँगै संघीय संसद् सचिवालयले समितिको पहिलो बैठक बोलाउने तयारी गरेको छ ।

प्रतिनिधि सभाको गत शुक्रबारको बैठकले १० वटा विषयगत समितिहरू गठन गरेको छ । यससँगै ससंघीय संसद् सचिवालयले समितिको पहिलो बैठक बोलाएर समिति सभापति चयनको प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले संसद् सचिवालयले समितिको बैठक बोलाउने प्रक्रिया प्रारम्भ भइसकेको जानकारी गराए । उनले संसद् सचिवालयले समिति गठन भएको जानकारी सम्बन्धित समिति सचिवालयलाई गराइसकेको पनि बताए ।

पहिलो बैठकअघि सभामुखले संसदीय दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गर्ने संघीय संसद् सचिवालयका प्रवक्ता गिरीले बताए । समिति सचिवालयले पनि समितिको ज्येष्ठ सदस्यसँग समन्वय गरेर मिति तय गरी पहिलो बैठक बोलाइने उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*