हेटौंडा|चन्द्र ग्रहणको एउटा भौगलिक घटना मानिन्छ । यो सालको पहिलो चन्द्रग्रहण बैशाख २२ गते आज लाग्दैछ ।
यस बर्षको चन्द्रग्रहण यस अर्थमा पनि खास छ कि यो बुद्ध पूर्णिमाका दिनमा लाग्दैछ, जो १३९ वर्ष पछि लाग्न लागेको हो ।
यो चन्द्रग्रहण तुला राशी र स्वाती नक्षत्रमा लाग्दछ । बैशाख २२ गते राती ८ बजेर ४४ मिनेटदेखी सुरु भएर मध्यरात अर्थात करिब १ बजेर २ मिनेटसम्म रहन्छ । यो चन्द्रग्रहणको कुल अबधी ४ घण्टा १५ मिनेटको हुनेछ ।
चन्द्र ग्रहणको सुतक काल ९ घण्टा अगाडिबाट सुरु हुन्छ तर, यो चन्द्रग्रहण नेपालबाट भने देखिने छैन, जसकाकारण यहाँ सुतककाल मानिदैन् ।
यो उपछायाँ चन्द्रग्रहण हो, चन्द्रमामा पृथ्वीको छाया मात्र एउटा क्षेत्रमा मात्रै देखिने भएकाले सबैतिरबाट यो देखिँदैन ।
सेयर गर्नुहोस्