मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा परेर ३ जनाको मृत्यु

हेटौंडा टुडे
२०८० बैशाख २४, आईतवार १३:०३ गते

हेटौंडा| मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ ।

मृत्युु हुनेमा  जुम्लाको पातारासी गाउँपालिका-२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोरा रहेका छन् ।

यार्सा संकलनका लागि पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको मृत्यु भएको र अन्य घाइते भएको जनाइएको छ । घटनामा परेकाहरूको उद्धारका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।

यार्सागुम्बा संकलनका लागि गाउँपालिकाले जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने तयारी गरे पनि उनीहरू अहिले नै यार्सागुम्बा संकलनका लागि गएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*