हेटौंडा| कक्षा १२ को परीक्षा आज मंगलबारबाट शुरू भएको छ । परीक्षा बिहान ८ बजेबाट शरू भएको हो ।
यस वर्ष देशभरबाट चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेका छन् । परीक्षाका लागि एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।
परीक्षाका लागि केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्ष, निरीक्षक र सहायक नियुक्त गरी परीक्षाका लागि परिचालन गरिएको पनि बताए ।
यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने भएका छन् ।
सेयर गर्नुहोस्