आज कानुन दिवस न्यायिक क्षेत्रमा विविध कार्यक्रम गरी मनाइँदै

हेटौंडा टुडे
२६ बैशाख २०८०, मंगलवार १०:४५

हेटौंडा | आज कानुन दिवस । न्यायिक क्षेत्रमा विविध कार्यक्रम गरी मनाइँदै छ। नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ।

नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ ।

कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले प्रत्येक वर्ष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्ने गरेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य, मान्यता संस्थागत हुने उल्लेख गर्दै मुलुकमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि तथा सामाजिक न्याय सुनिश्चित गर्न र सहज पहुँचयुक्त एवं जनआस्थामा आधारित न्याय प्रणालीको स्थापना र विकासका लागि आजको विशेष दिनले प्रेरणा प्रदान गर्ने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*