हेटौडामा स्वदेशी सुपरमार्केट सञ्चालनमा, राष्ट्रिय कलाकारको उपस्थिति रहने

हेटौंडा टुडे
२७ बैशाख २०८०, बुधबार १८:०४

हेटौडा । भोलि बाट हेटौडामा जमादार ग्रुपको परियोजना अनुसार स्वदेशी सुपरमार्केट सञ्चालनमा आउने भएको छ । हेटौंडा २ कान्तिराजपथ स्थित जमादार टेडिङको स्वदेशी सुपरमार्केट सञ्चालनमा ल्याउन लागिएको हो ।

मकवानपुर उद्योग वाणिजय संघका अध्यक्ष कृष्णकुमार गूप्ता अग्रवालका छोरा अमित अग्रवालले सञ्चालनमा ल्याउन लागेको सुपरमार्केटको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । सुपरमार्केटको भोली बिहीबार प्रतिनिधिसभा सदस्य, नेपाली कांग्रेसका नेतृ डा। आरजु राणा देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहमा कलाकार वर्षा शिवाकोटी, केकी अधिकारी, हास्य कलाकार जितु नेपाल र मिस नेपाल २०१० सदिक्षा श्रेष्ठको सहभागिता रहने आयोजकले बताएको छ । करिब २ करोडको लगानी रहेको सुपरमार्केटमा स्वदेशी सामग्रीहरु पाइनेछ । ‘स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने र स्थानीय उत्पादनलाई समर्थन गर्ने हाम्रो लक्ष्य हो’, सुपरमार्केटका निर्देशक अग्रवालले भने, ‘सुपरमार्केटमा खाद्यवस्तुदेखि कपडा, घरको सजावट र व्यक्तिगत हेरचाहको सामग्रीहरु सुपथ मूल्यमा पाउन सकिनेछ ।’ नेपाली उत्पादन र प्याक गरिएका उत्पादनको प्रवद्र्धनले थप आत्मनिर्भर र दिगो अर्थतन्त्र निर्माणमा सघाउ पुग्ने उनको विश्वास छ । नाफाको निश्चित प्रतिशत ट्रष्टलाई प्रदान गरिने बताइएको छ । ट्रष्टको घोषणा समेत सुपरमार्केटको उद्घाटनमै हुने निर्देशक अमित अग्रवालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*