उपमहानगरले सुरु गर्‍यो क्यूआर कोड

हेटौंडा टुडे
२९ बैशाख २०८०, शुक्रबार १०:४४

हेटौंडा । हेटौँडा उपमहानगरपालिकाले नगरवासीको सुझाव तथा सल्लाह संकलनका लागि बिहीबार क्युआर कोड सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०८०-८१ को बजेट, नीति तथा कार्यक्रमहरू तय गर्नका लागि सुझाव संकलन गर्ने उद्देश्यले क्युआर कोड सार्वजनिक गरेको हो ।

उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले आगामी वर्षको बजेट, नीति तथा कार्यक्रमका निर्माणका क्रममा उपमहानगरपालिकाले सर्वसाधारणलाई समेत समेट्ने उद्देश्यले क्युआर कोड सार्वजनिक गरेको बताइन् । उनले उपमहानगरमा विभिन्न चरणमा विषयगत समिति, शाखा, महाशाखागत रूपमा छलफल भइरहेको जानकारी दिँदै नगरवासीले समेत सुझाव प्रदान गरी समृद्ध र विकसित उपमहानर बनाउन महत्वूर्ण भूमिका खेल्न सक्ने भएकाले क्युआर कोड सार्वजनिक गर्दै नगरवासीहरूलाई सहभागी हुन अनुरोध गरिन् ।

उपमहानगरपालिकाले निर्माण गरेको क्युआर कोड प्रत्येक वडा कार्यालय, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र साथै उपमहानगरपालिकाको फेसबुक पेज र ट्विटर एकाउन्टमार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*