हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरको जिल्ला अधिवेशन आज हुने भएको छ । युनियन मकवानपुरको नयाँ नेतृत्वका लागि आज ७ औ जिल्ला अधिवेशन हुन लागेको युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी पोष्टराजले बताएका छन्।
विहान ११ बजे हेटौडा(२ स्थित पल्पसा सदनमा अधिवेशन उद्घाटनको कार्य तालिका रहेको जनाइएको छ ।उद्घाटन समारोहका प्रमुख अतिथिता युनियन केन्द्रीय अध्यक्ष शिव लम्सालको रहने जनाइएको छ । युनियन मकवानपुरमा ५५ जना पत्रकार आवद्व रहेका छन्।
सेयर गर्नुहोस्





















