हेटौंडा|आजबाट संघीय संसद् अन्तर्गतका विषयगत समितिहरू क्रियाशील हुने भएका छन् । प्रतिनिधि सभा अन्तर्गत रहेका १० वटा विषयगत समितिको बैठक सुरु हुने भएको हो ।
गठन भएका सबै समितिको पहिलो बैठक बिहान ९ बजेदेखि सुरु हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभा सुरु भएको ५ महिनापछि र समिति गठन भएको झण्डै २ सातापछि संसदीय समितिहरूको बैठक बस्न लागेको हो ।
समिति सभापति निर्वाचित हुनुअघि सुरुवातका बैठकहरू समितिमा रहेका ज्येष्ठ सदस्यको सभापतित्वमा बस्ने सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
सेयर गर्नुहोस्






















