हेटौंडा । हेटौंडामा पिकअप जीपको ठक्करबाट बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-११ नमुनाचोकका २ बर्षीय समर लो रहेका छन् । पिकअप जीपको ठक्करबाट घाइते उनलाई उपचारका लागि हेटौंडा अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सिमलटारबाट हेटौडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश-०३-००१ च १५९७ नम्बरको बोलेरोले बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा छन् ।
सेयर गर्नुहोस्