बागमती प्रदेश सरकारद्धारा सार्वजनिक सवारीसाधनको भाडा घटाउने तयारी

हेटौंडा टुडे
४ जेष्ठ २०८०, बिहीबार १२:५२

हेटौंडा| बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको भाडा घटाउने तयारी गरेको छ । नेपाल आयल निगमले डेढ महिनामा डिजेल र मट्टितेलको भाउ २० रुपैयाँले घटाएसँगै प्रदेश सरकारले पनि सार्वजनिक सवारीको भाडा घटाउने तयारी गरेको हो ।

प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव आस्मान तामाङले गाडीको भाडा घटाउने बारे आन्तरिक छलफल गरिरहेको र त्यस अनुसार केही दिनभित्रै निर्णय गरिने जानकारी दिए ।

गत चैत्र २० गते डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १०–१० र पेट्रोलमा ३ रुपैयाँ मूल्य घटाएको निगमले फेरी जेठ २ गतेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर १०–१० रुपैयाँले भाउ घटाएको थियो ।

संघीय सरकारले भने अन्तरप्रदेश सार्वजनिक यातायात अन्तर्गत यात्रुबाहक सवारीसाधनको भाडा ३.२० प्रतिशतले घटाइएको छ । यस्तै, पहाडी बाटोमा संचालन हुने मालबाहक सवारी साधनको भाडा ४.१९ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालबाहक सवारी साधनको भाडा ४.६५ प्रतिशतले घटाइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*