करेन्ट लागेर एक जनाको मृत्यु

हेटौंडा टुडे
८ जेष्ठ २०८०, सोमबार ११:३६

हेटौंडा| भरतपुर-२५, शुक्रनगरमा विद्युत् ट्रान्स मिटर परिवर्तन गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

आइतबार अपराह्न भरतपुर-२५, शुक्रनगरमा विद्युत् ट्रान्स मिटर परिवर्तन गर्ने क्रममा विद्युत् कर्मचारीलाई सहयोग गर्ने एक जना कामदारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार, मृत्यु हुनेमा प्रभात जल उपभोक्ता समिति, भरतपुर-२५, शुक्रनगरमा काम गर्ने बाँके जानकी गाउँपालिका-२ घर भएका वर्ष २० को देसराज कोरी रहेका छन् ।

करेन्ट लागेर गम्भीर घाइते भएका कोरीको उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*