सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदै

हेटौंडा टुडे
२०८० जेष्ठ १०, बुधबार १२:१३ गते

हेटौंडा|  सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार २१ औँ राउण्डका खेल हुन लागेका हुन् ।

जसअनुसार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई वटा खेल हुनेछ भने च्यासल मैदान, ललितपुरमा एउटा खेल हुनेछ । च्यासल मैदानमा हुने एक मात्र खेलमा एपिएफ फुटबल क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेबाट सुरु हुनेछ ।

यस्तै, दशरथ रङ्गशालामा २ बजेवाट सुरु हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम बिचमा प्रतिस्पर्धा हुनेछ । रङ्गशालामा हुने दोस्रो खेल साँझ ६ बजेबाट सुरु हुनेछ, जुन खेलमा जावलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*