हेटौंडा ।सार्वजानिक सवारी साधनबाट राजर्मागमा फोहोर फाल्ने कार्यको न्युनिकरण गर्ने उदेश्यले यात्रुबाहक सवारी साधनमा सन्देशमुलक स्टिकर टास्ने तथा फोहोर संकलन गर्न डस्बीन वितरण गरियको छ ।
वातावरण दिवसको आज दोस्रो दिनमा हेटौंडा उपमाहानगरपालिकाको आयोजना ,टोल विकास संस्था नगर समन्वय समिति तथा मकवानपुर उद्योग वाणिज्य संघ ,सामुहिक प्रहरी सेवा केन्द्र, हेटौंडा ११ र ट्राफिक प्रहरी कार्यलय मकवानपुरको समन्वयबाट हेटौंडाको प्रवेश नाका हेटौंडा १५ रातोमाटेमा यस कार्यक्रम सञ्चालित भइरहेको हो।
हेटौंडा प्रवेश गर्ने र हेटौंडा भित्रैको सवारीसाधन गरि करिब ६०० भन्दा बढि गाडिहरुमा स्टिकर टासिने र डस्बिन वितरण गरिने नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा हेटौंडा ११ का अध्यक्ष जुना दाहाल , न्यायिक समीति सदस्य ज्ञानबहादुर थापा ,नारायणी यातायात व्यवसायि संघका महासचिव सरोज खनाल, ट्राफिक प्रहरि प्रमुख बसन्त आचार्य ,हेटौंडा उपमहानगरपालिका वातावरण शाखा प्रमुख चन्दा खड्का सामुदायिक प्रहरि सेवा केन्द्रका अध्यक्ष देवकुमार श्रेष्ठ लगायत विभिन्न टोल विकास संस्थाका सदस्यहरू लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रम टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष एवम् विश्व विश्व वातावरण दिवस मुल आयोजक समारोह समितिका संयोजक ध्रुब प्रसाद अधिकारीको अध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।





















