कांग्रेस हेटौँडा नगर समितिको नगर सम्मेलन भोली शनिबार

हेटौंडा टुडे
२०८० जेष्ठ १९, शुक्रबार ११:५६ गते

हेटौँडा । नेपाली कांग्रेस  हेटौँडा नगर कार्य समितिको नगर सम्मेलन भोली शनिबार हुने भएको छ । नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता तथा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको विशिष्ट आतिथ्यतामा नगर सम्मेलन आयोजना गरिन लागिएको हो ।

नेपाली कांग्रेस  हेटौँडा नगर कार्य समिति सभापति उत्सव ईटेनीका अनुसार हेटौँडा नगरका १९ वडा कार्य समितिलाई पत्र पठाइसकिएको र बिहान ११ बजे रोयल पार्टी प्यालेसमा कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिनाले कार्यक्रमको उदघाटन गर्ने कार्य तालिका रहेको बताएका छन् । \

सम्मेलनमा काँग्रेसको आगामि रणनितीका बारेका छलफल हुने सभापति ईटेनीले जनाएका छन् । काँग्रेस मकवानपुरको विभिन्न निवार्चन क्षेत्र र पालिकाको संयुक्त सम्मेलन सम्पन्न भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*