मौसमको आधारमा वृक्षारोपण गर्न डिभिजन प्रमुख आचार्यको आग्रह

हेटौंडा टुडे
२०८० जेष्ठ २२, सोमबार १४:१७ गते

हेटौंडा । पछिल्लो समय तापक्रम बढेसंगै मकवानपुर सहित देशभर गर्मी र सुक्खा बढेको छ । अत्याधिक गर्मीका कारण पर्यावरण सहित मानवीय जीवनमा पनि नकारात्मक असर परेको हो ।

विश्व वातावरण दिवसको अवसरमा अहिले मकवानपुरको हेटौंडामा बिरुवा रोपण गर्ने कार्यक्रम भईरहेको छ । लामो समय पानी नपरेको र अत्याधिक गर्मीका कारण रोपण गरिने विरुवा मर्ने भएकाले अहिले विरुवा नरोप्न डिभिजन वन कार्यालय, राप्ती मनहरी डिभिजन वन अधिकृत बिष्णु प्रसाद आचार्यले सुझाव दिएका छन ।

उनले मौसमको आधारमा मात्र वृक्षारोपण गर्न आग्रह गरेका हुन । उनले सार्वजनिक रुपमै यसपटकको विश्व वाताबरण दिवस अत्यन्त गर्मी र सुक्खा समयमा परेकाले विरुवा रोपण नगर्न सुझाव दिएका हुन । उनले भने–अहिले सबैले बिरुवा रोपण गर्ने कार्यक्रम छ, यस्तो गर्मीमा बिरुवा रोप्नु सिधै मर्नु हो, तसर्थ रोप्नु पर्ने अनिवार्य अवस्थामा १–२ वटा साँकेतिक रुपमा रोप्न र बाँकी बिरुवा पानी परेपछि मात्र रोप्न अनुरोध गरे । उनले आसर १४ गते राष्ट्रिय वृक्षारोपण दिवसमा विरुवा रोप्ने वाताबरण मिलाउन आग्रह समेत गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*