हेटौंडा|कान्तिलोकपथ राजमार्ग अन्तरग तगर्ने मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ८ भर्याङडाँडास्थित सोमबार राति सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
सोमबार राति १०ः४५ बजेको समयमा बाराको निजगढ़बाट काठमाडौंतर्फ जाँदै गरेको प्र.१–०२–००१ ख ८१८३ नम्वरको ६ चक्के ट्रक (इट्टा लोड) आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसी दुर्घटना हुँदा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा ट्रक चालक चितवनको राप्ति नगरपालिका वडा नम्वर ११ आपपानी बस्ने ३६ वर्षीय सोनाम रुम्बा रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, घाइते रुम्बाको अवस्थामा सामान्य रहेको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।
सेयर गर्नुहोस्






















