हेटौंडा | बालश्रमिक उद्वार तथा पुर्नस्थापना उपसमितिले हेटौंडा—२,११ र ६ नम्बर वडामा संचालनमा रहेका वर्कशप र होटलमा स्थलगत निरिक्षण गरिएको छ । श्रम कार्यालय, हेटौंडा उपमहानगरपालिका, बाल हेल्पलाइन, जिल्ला प्रहरी कार्यालय, वडा सहजकर्ता र सञ्चारकर्मीको संयुक्त टोलीले आइतबार निरिक्षण गरिएको हो ।
बालश्रमिक बिरुद्धको दिवसको पुर्व सन्ध्यामा गरिएको अनुगमन टोलीले हेटौंडा २ मानसचोकको एक होटलबाट अन्दाजी १५ बर्षको बालकलाइ उद्धार गरिएको छ । यसैगरि हेटौंडा ११ को ब्याट्री वर्कशप बाट अन्दाजी १४ बर्षको बालकलाइ उद्धार गरिएको छ यस्तै हेटौंडा ६ बाट १२ बर्षिय बालकलाइ उद्धार गरिएको छ । उद्धार गरिएको बालकहरुलाइ सिभिन बाल हेल्पलाइनमा राखि परिवारको जिम्मा लगाइने अथवा थप सहयोग गर्नुपरेमा कानुनी प्रक्रिया पुर्याएर सहयोग गरिने सिभिन बाल हेल्प लाइनका प्रमुख झबिन्द्र ज्ञवालीले बताउनुभयो ।
हेटौंडा उपमहानगरपालिकाले आउँदो २०८० मंसिर मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषण गरिने तयारी गरिरहेको छ । उपमहानगरको उक्त अभियानलाई अवलम्बन हुने गरी वडा सहजकर्ताको पहलमा बालश्रमिक बालबालिकाको अनुगमन गरी उद्दार र पुर्नस्थापनका कार्य गरिरहेका छन् । उपसमितिका संयोजक सुरज बर्तौला, सिविन बाल हेल्पलाइन संयोजक झविन्द्र ज्ञवाली, श्रम तथा रोजकार कार्यालय भीम शर्मा, बालमैत्री नगर सहजकर्ता सपना ढुंगाना, जिल्ला प्रहरी कार्यालय रन्जिता कार्की, लगायतको टोलीले गरिएको निरिक्षणमा बालबालिकालाई श्रममा लगाएको पाइएको हो । निष्कृष्ट बालश्रममा लगाए १० हजार रुपैयाँ जारीवना, ३ महिना कैद वा दुबै सजाय हुने कानुनी व्यवस्था छ । यस्तै जोखिमपूर्ण काममा लगाए ५० हजार रुपैयाँ जारीवना, एक वर्ष कैद वा दुबै सजाय हुने व्यवस्था छ । शर्माले १८ वर्षभन्दा मुनिका बालबालिकालाई काममा लगाए नेपाल सरकारले तोकिएको मासिक १५ हजार रुपैयाँ परिश्रमिक दिनुपर्ने बताउनुभयो । खाना, बस्न दिएको विषयमा कुनै सरोकार नहुने र श्रम तथा रोजगार कार्यालयको अनुमति लिई १८ वर्षभन्दा मुनिका र १४ वर्षभन्दा माथिका बालबालिकालाई काममा लगाउन आग्रह गर्नुभयो । यस्तै १४ वर्षभन्दा मुनिका कुनैपनि बालबालिकालाई श्रममा नलागाउन आग्रह गर्नुभयो ।