हेटौडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आजबाट स्मार्ट कन्ट्रोल रुम संचालनमा आएको छ । प्रहरी कन्ट्रोल रुमको १०० मा फोन नलाग्ने जनगुनासोको अन्त्यका लागि स्मार्ट कन्ट्रोल रुम संचालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
उक्त स्मार्ट कन्ट्रोल रुमको बुधबार बिहान एक कार्यक्रमबीच मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले उद्घाटन गरेका हुन् ।सो क्रममा उनले सूचना प्रविधिको पहुचको विस्तार भएसँगै मकवानपुरमा हुने घटना, दुर्घटनामा प्रहरीको छिट्टै उपस्थिती रहन सहयोग पुगोस् भन्ने उद्देश्यले नयाँ प्रविधिसहित स्मार्ट कन्ट्रोल रुमको थालनि गरेको गौतमले बताए ।
प्रहरी उपरीक्षक गौतमले हाललाई ३ वटा फोन र कम्प्युटरसहित रुमको सुरुवात गरिएको र केही दिनमा यससँग सम्बन्धित एपबाट थप सेवा सुरु गरिने बताए ।
यस्तै, कार्यक्रममा प्रहरी निरीक्षक राजु केसीले स्मार्ट कन्ट्रोल रुमबाट हुने फाइदा र यसको प्रयोगको बारेमा जानकारी गराएका थिए । उनले काठमाडौं प्रहरी परिसरमा सुरु भइरहेको यस रुमको मकवानपुरमा पनि सुरुवाग गरिएको बताए ।