हेटौंडा | बागमती प्रदेश सहकारी विकास बोर्डको आयोजनामा हेटौंडामा सहकारी क्षेत्रमा देखिएका समस्या र निराकरण विषयमा दुई दिने प्रदेश स्तरीय अन्तरक्रिया सकिएको छ । बुधबार ९ बुँदे प्रतिवद्धता पत्र घोषणा गर्दै गोष्ठी समापन भएको हो । प्रदेश सहकारी बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाले गोष्ठीबाट तयार भएको ९ बुँदे प्रतिवद्धता पत्र पढेर सार्वजानिक गरेसँगै हलबाट पासपनि गरिएको थियो ।
देवकोटाकै सभाध्यक्षतामा भएको समापन कार्यक्रममा बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका सचिव गोविन्द प्रसाद रिजालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष एंव संविधान सभा सदस्य ओमदेवी मल्ल, प्रदेश सहकारी रजिष्ट्रार राधाकृष्ण खतिवडा, नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमराज पाठक, नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल जडिबुटी सहकारी संघ केन्द्रीय अध्यक्ष ईश्वरीराज पाण्डे, प्रदेश सहकारी संघको अध्यक्ष रामशरण घिमिरे, लगायतले आफ्नो भनाई राखेका थिए ।
यस्तो छ ९ बुँदे प्रतिवद्धतापत्र