हेटौंडा| कैलालीमा पौडी खेल्ने क्रममा नदीमा डुबेर एक जना बालकको मृत्यु भएको छ ।
जिल्लाको बर्दगोरिया गाउँपालिका–३ बुटकुवाका ९ वर्षीय बालक अमर विकको पौडी खल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बुधबार घर नजिकैको काँडा नदीमा साथीहरूसँग पौडी खेल्ने क्रममा डुबी बेहोस् भएका थिए ।
बेहोस् उनको बर्दगोरिया अस्पताल बौनियामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ ।
सेयर गर्नुहोस्