हेटौंडा| बागमती प्रदेश सरकारका प्रबक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जिल्ला कारागार सिन्धुलीलाई राइस स्टीमर मेसिन हस्तनातरण गर्नुभएको छ । आज (आइतबार) गृह जिल्ला आउनु भएका मन्त्रि श्रेष्ठले एक कार्यक्रमका बीच जिल्ला कारागार, सिन्धुलीलाई ४ थान राइस स्टीमर मेसिन हस्तनातरण गर्नुभएको हो ।
कारागारमा रहेका १ हजार कैदीबन्दिलाई दाउरा बालेर खाना बनाउनको असहज तथा स्वास्थ्यमा समेत समस्या हुने गरेको गुनासो आएकोले गुनासोको सम्बोधन गर्नुहुँदै मन्त्रि श्रेष्ठले खाना पकाउनको लागि राइस स्टीमर मेसिनको ब्यबस्था गरिदिएको जेलर कुसल न्यौपानेले बताउनु भयो ।
केहि समय अगाडि जिल्ला कारागार सिन्धुलीको अनुगमनको क्रममा १ हजार जना भन्दा धेरै कैदिबन्दीलाई खाना बनाएर खानको लागि समस्या भएको गुनासो आएकाले राइस स्टीमर मेसिन प्रदान गरिएको मन्त्रि श्रेष्ठले बताउनु भयो ।
उहाँले भन्नुभयो“ दाउरामा बिहान बेलुका खाना बनाएर खानको लागि कैदीबन्दीले भोगेको समस्या मैले आफैले देखे । कैदिबन्दिको चाप देखेर अस्वभाविक महशुस गरे ।
मन्त्री श्रेष्ठले भन्नुभयो`राइस स्टीमर नेपालमा भएका थुप्रै कारागार मध्य पहिलो पटक सिन्धुलीलाई उपलब्ध गराइएको छ, यो उपरकरण नेपालमा सेना तथा प्रहरीले मात्रै प्रयोग गरेको छ´, `सिन्धुलीमा प्रभावकारी भएमा अन्य जिल्लामा पनि प्रदान गर्न प्रयास गर्नेछु । ”
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कारागारलाई यसरी खाना पकाउन राइस स्टिमर प्रदान गरेको नेपालमा नै पहिलो पटक हुन सक्छ जेलर न्यौपानेले बताउनु भयो । यसरी प्राप्त भएको उपकरणले कैदिबन्दीलाई खाना पकाउन सहज हुने र धुवाँबाट हुने स्वास्थ्य सम्बन्धि समस्य पनि हट्ने जेलर न्यौपानेले बताउनुभयो ।
२४ ट्रे को २ थान र १२ ट्रे २ थान गरी चार थान राइस स्टीमर कारागारलाई प्रदान गरिएको हो । जसमा एक पटकमा २४ ट्रे मा ७५ किलो र १२ ट्रे मा ३५ किलो चामल पकाउन मिल्ने छ ।
स्टिमर हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिब ध्रुव गैँडा, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी प्रमुख राजकुमार सिलवाललगायतको उपस्थिति रहेको थियो ।






















