हेटौंडा । आज सोमवार दिनभर हेटौँडाको विभिन्न स्थानमा लाइन जाने भएको छ।
नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले आज बिहान ७ बजेदेखि साँझ ४ बजेसम्म विद्युत कतौटी हुने जनाएको छ। नेपाल विद्युत प्राधिकरण कमाने सव स्टेसन अन्तर्गत एचआई डि फीडर, पदमपोखरी फीडर, रंगशाला फीडरको मनकामना चोक, तालिम केन्द्र, ओमनगर, श्रमिक टोलमा दिनभर लाइन जाने केन्द्रले सुचना प्रकाशित गर्दै जानकारी गराएको छ।
कमाने सव स्टेसनमा रहेको १३३ केभि प्रशारण लाइनको तार परिवर्तन गर्ने काम भएकाले अपरान्ह ४ बजेसम्म विद्युत कतौटी हुने जनाइएको छ।
सेयर गर्नुहोस्





















