मकवानपूर सामूदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले ४ पत्रकारलाई सम्मान

हेटौंडा टुडे
४ असार २०८०, सोमबार १०:४७

हेटौडा । आइतबार केन्द्रले हेटौंडा एफएम तथा नेशनल गोल्ड एचडीका प्रकाश दाहाल, साझा सन्देश डटकमका विश्वराम अधिकारी, सिधाखबर डटकमका श्रीराम अर्जुन र साझापत्र डटकमका प्रबेश धिताल कुन्दनलाई संस्थाको उद्देश्य प्राप्तिको लागि समाजसेवाको भावनाबाट प्रेरित भइ पत्रकारिता मार्फत समाज सुधारको क्षेत्रमा कलम चलाएको भन्दै सम्मान गरेको हो ।

केन्द्रले पत्रकारहरुसँगै विभिन्न विधामा सम्मान तथा आजिवन सदस्यता वितरणसमेत गरेको थियो ।

जसमा स्वास्थ्यकर्मीतर्फ भवानी मिश्र, मुस्कान पौडेल, कृष्ण मोहन श्रीवास्तव, तीर्थ थापा र सिम्रन थापा, स्वंमसेवीतर्फ अस्मिता अर्याल कोईराला, समीक्षा ढकाल र नानु स्याङ्तानलाई सम्मानित भएकी थिइन् भने संस्थागत रुपमा विभिन्न आमा समूह, टोल विकास संस्था, विद्यालय, क्योकुशिन कराँते संघ, चर्च, उपभोक्ता हित संरक्षण मञ्च लगायत तीस जनालाई सम्मान गरिएको थियो ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक किरण राणाको प्रमुख आतिथ्यता तथा केन्द्रका अध्यक्ष राम विष्टको सभाध्यक्षतामा हेटौंडा९९ को प्रगति माध्यमिक विद्यालयको सभाहलमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै डिआईजी राणाले मकवानपुर जिल्ला ड्रग्सको हवको रुपमा रहेको भन्दै यसको न्यूनीकरणमा सम्पूर्ण टोल, समाज लाग्नुपर्नेमा जोड दिइन् ।

‘बागमती प्रदेशमा करिब ७ हजार बर्दीवाला प्रहरी तपाईंहरुको सुरक्षामा तैनाथ छन् । तर, समाज सुधारको लागि बर्दिवाला प्रहरीसँगै बिनाबर्दीका प्रहरी अर्थात तपाईहरुको पनि दायित्व उत्तिकै छ ।’ डिआइजी राणाले भनिन् – ‘हजुरहरुकै साथ, सहयोग र सहकार्यमा हामीले लागु औषध सेवन, साईबर अपराध तथा समाजमा भएका विकृतिको अन्त्य गर्न हामी सफल हुनेछौं ।’

कार्यक्रममा जिल्ला समन्वय समितिका पुर्व प्रमुख रघुनाथ खुलाल, सीताराम बर्तौला, प्रगति उच्च माविका अध्यक्ष प्रदीप पराजुली, जिजस सदस्य वीरेन्द्र लामा, वडा नम्बर ९ का कार्यबहाक अध्यक्ष विष्णु लामा, प्रगति विद्यालयका प्राचार्य निरन्जन ढकाल, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरिक्षक राजु केसी लगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा साइबर अपराध, लागु औषध सम्बन्धी सचेतना तथा आजीवन सदस्यता वितरण समेत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*