लमजुङ केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

हेटौंडा टुडे
८ असार २०८०, शुक्रबार १०:११

हेटौडा । लमजुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ। शुक्रवार बिहान लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

केन्द्रका अनुसार जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रविन्दु भएर आज बिहान ५ बजेर ५५ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको जनाइएको हो । कम्पन गोरखा, तनहु लगायतको जिल्लामा महसूस गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*