हेटौंडा| दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका ३ का ३७ वर्षीय रामनारायण चौधरी र वडा नम्बर ६ का ३२ वर्षीय समिर केसी रहेका छन् ।
उनीहरूको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।
रीलाई खेतबारीबाट तरकारी टिपेर फर्किदै गर्दा र केसीलाई खेतमा काम गरि रहेको बेला चट्याङ लागेको थियो ।
सेयर गर्नुहोस्






















