हेटौंडा| बागलुङको काठेखोला गाउँपालिका–३, धम्जाको रामचालुमा शनिबार राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध १ ज ७१९० नम्बरको जिप दुर्घटना हुँदा धम्जाका १८ वर्षीय विजय विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर विकको घटनास्थलमै मृत्यु भएको हो । जिप करिब सडकबाट ५० मिटर तल खसेको थियो ।
यस्तै, घाइते दुई जनालाई उपचारका लागि बागलुङ सदरमुकाम लगिएको छ ।
सेयर गर्नुहोस्






















