आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

हेटौंडा टुडे
१२ असार २०८०, मंगलवार १०:१३

हेटौंडा । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिक देखि सामान्य बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ(गर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज मंगलबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती , गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ(गर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ(गर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*