हेटौंडा| पशुपतिनाथ मन्दिरबाट आइतबार दिउँसो निकालिएको जलहरी आज पुन: प्रतिष्थापन गरिने भएको छ।
पशुपतिनाथमा राखिएको जलहरीको सुन र गुणस्तरमा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार नापजाँचका लागि जलहरी निकालेको थियो । पुन: राख्न चाहिने लाहा नभएका कारण उक्त जलहरी पुन: प्रतिष्थापन गर्न सकिएको छैन । बैंगलौरबाट गएराति लाहा आएपछि बुधबार जलहरी पुन: प्रतिष्थापन गरिन लागिएको जनाइएको छ ।
सेयर गर्नुहोस्






















