अवरुद्ध कान्तिलोकपथको सडकखण्ड खुल्यो

हेटौंडा टुडे
१५ असार २०८०, शुक्रबार १५:४९

हेटौंडा| हेटौंडाबाट संघीय राजधानी काठमाडौैं जोड्ने कान्तिलोकपथ सडकखण्डमा आज बिहान गएको पहिरो पन्छाई यातायात संचालनमा ल्याएको छ ।

उक्त सडकखण्ड अन्तरगत पर्ने ललितपुर जिल्लाको भटेटेडाँडास्थित मकवानपुरको सिमानाबाट करिब २ किलोमिटर उत्तरततर्फ बागमती पुल नजिकै गएको पहिरो जाँदा आज अपराह्नमा हटाई यातायात संचालनमा आएको मकवानपुरका प्रहरी रामचन्द्र घिमिरेले जानकारी दिए ।

त्यस्तै, मकवानपुर जिल्लास्थित त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग, भीमफेदी कुलेखानी सडकखण्डको फाखेल र सिस्नेरी र चित्लाङ थानकोट सडकमा पनि अहिले सवारी साधनहरु संचालनमा रहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*