हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले सूर्तीजन्य पदार्थको विक्रीवितरणमा रोक लगाउने भएको छ । शनिबार हेटौंडामा भएको उपमहानगरपालिकाको १३ औं नगरसभाको दोस्रो बैठकले आगामी आर्थिक वर्षबाट नगरको भित्र सूर्तीजन्य पदार्थको विक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो । उपमहानगरका प्रवक्ता सविन न्यौपानेका अनुसार सूर्तीजन्य पदार्थ विक्रीवितरणमा रोक लगाउने निर्णय भएपनि कार्यान्वयका लागि कार्यविधि निर्माण हुने बताए ।
सेयर गर्नुहोस्





















