पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलनको तयारीमा

हेटौंडा टुडे
२०८० असार १७, आईतवार १०:४३ गते

हेटौंडा । पेट्रोलियम पदार्थ ढुवानी गर्ने व्यवसायीले आन्दोलनको तयारी गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा व्यवसायीलाई अप्ठेरो पार्ने गरी कर नीति बनाएको भन्दै व्यवसायीले आन्दोलनको तयारी गरेका हुन् ।
असन्तुष्ट व्यवसायीले शनिबार हेटौंडामा जिल्ला भेलाको आयोजना गरेका छन् । उनीहरुले व्यवसायीलाई भ्याट र प्यानमा लैजाने बहानामा अनावश्यक झनझट सिर्जना गरेको आरोप लगाएका छन् । व्यवसायीले २०७६÷०७७ को बजेट वक्तव्यमा भएको व्यवस्थालाई गलत अर्थ लगाएर अहिले व्यवसायीसँग पुरानो करको बक्यौता भनेर राजस्व कार्यालयले उठाउन खोजिरहेको आरोप लगाए ।

नारायणी पेट्रोलियम विक्रेता संघ अध्यक्ष उत्सव इटेनीले व्यवसायीलाई अहिले राज्यले भ्याटमा जान बाध्य बनाएपनि पुरानो करको विषयलाई अनावश्यक व्याख्या गरेर दुःख दिन लागेको बताए ।
जिल्ला राजस्व कार्यालय, व्यवसायी र नेपाल आयल निगमको कर्मचारीवीच समस्या समाधानको विषयमा तत्काल छलफल अगाडि बढाउने र माग पूरा नभएर आन्दोलन गर्ने गरी भेला सम्पन्न भएको अध्यक्ष इटेनीले जानकारी दिए ।
भेलालाई नारायणी यातायात व्यवसायी कम्पनी प्रालि हेटौंडा र नारायणी यातायात व्यवसायी संघ हेटौंडाले पनि समर्थन जनाएको छ । भेलामा उपस्थित व्यवासयीले राज्यले विभिन्न बहानामा आफूहरुलाई समस्या पार्ने काम गरेकोभन्दै तत्काल आन्दोलन घोषणा गर्न नेतृत्वलाई सुझाव दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*