बागमती प्रदेश सभा बैठक सुरु

हेटौंडा टुडे
२०८० असार १७, आईतवार १६:४१ गते

हेटौंडा| बागमती प्रदेश सभा बैठक सुरु भएको छ । आज अपराह्न २ बजेपछि प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बस्ने गरी बोलाइएको बैठक २ घण्टा ढिला गरी ४ बजेपछि मात्रै सुरु भएको हो ।

उक्त बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको विनियोजित बजेट २०८०–०८१ माथि छलफल हुने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेश सभाको बैठक यसअघि असार १३ गते बुधबार बसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*