हेटौंडा| पहिरोका कारण पटक पटक बन्द हुँदै आएको मुग्लिन–नारायणगढ सडकखण्ड आज बिहानैबाट पुनः अवरुद्ध भएको छ । बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
पहिरो झरेकै स्थानमा एउटा मालबाहक ट्रक पनि पल्टिएको प्रहरीले जनाएको छ । ट्रक सडकमै रहेको र पहिरो पनि झरिरहेकाले यातायात आउजाउँमा समस्या भएको छ ।
पहिरो पन्छाएर एकतर्फी सडक खुलाउने प्रयास भइरहेको चितवन प्रहरीले जनाएको छ । यसअघि शनिबार राति साढे ११ बजेदेखि बन्द भएको सडक आइतबार बेलुका ६ मात्रै खुलेको थियो ।
सेयर गर्नुहोस्