हेटौंडा| नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०० औैं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
जन्मजयन्तीका अवसरमा जिपि फाउन्डेसनसहित नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीप प्रज्वलनलगायतका कार्यक्रम गरिरहेका छन् ।
वि.सं. १९८१ असार १८ गते जन्मिएका कोइरालाको २०६६ चैत ६ गते निधन भएको थियो ।
कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिका मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका थिए।
उनी पाँच पटक प्रधानमन्त्री र लामो समय कांग्रेसको पार्टी सभापति थिए ।
सेयर गर्नुहोस्