हेटौडा । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने भएको हो ।
आइतबार १ बजेका लागि बोलाइएको बैठक दलहरूबीच सहमति जुटाउन सभामुख देवराज घिमिरेले ३ बजेलाई सारेका थिए । तर पनि सहमति नभएपछि सूचना टाँसेर बैठक आजलाई सारिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले केही दिनदेखि संसद अवरुद्ध गर्दै आएको छ ।
सेयर गर्नुहोस्






















