साउने सोमबारको व्रत आजबाट सुरु

हेटौंडा टुडे
२०८० असार २५, सोमबार १५:२६ गते

हेटौंडा| चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत सोमबारदेखि सुरु भएको छ ।

सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमासअनुसार दुई वटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ ।

समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*