हेटौँडा । नाइन एनए–एमभी कलसाइन रहेको हेलिकप्टर मंगलबार बिहान १० बजेर १० मिनेट जाँदा सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मंगलबार बिहान काठमाडौं तर्फ उडेको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो । उक्त क्षेत्रमा नै हेलिकोप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु रहेकोमा हालसम्म ५ जनाको शव भेटिएको छ । अहिले प्रहरी र उद्धारकर्मीले उद्धारको काम जारी राखेका छन् भने भेटिएको ५ जनाको शवको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न बाकि छ ।
सेयर गर्नुहोस्