हेटौंडा । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले हेटौंडाका विभिन्न फिडरमा शुक्रबार विद्युत आपुर्ति बन्द हुने जनाएको छ । प्राधिकरणले सूचना जारी गर्दै शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।
३३ केभि फिडर अन्तर्गत पर्ने शिवम् सिमेन्ट र रिद्धिसिद्धि सिमेन्ट र ११ केभि फिडर अन्तर्गत पर्ने रंगशाला फिडर, पदमपोखरी फिडर, एचआईडि फिडर, ग्रामिण फिडर र गढी फिडरमा विद्युत अवरुद्ध हुने जनाइएको छ ।
१३२ केभि प्रसारण लाईनको कन्डक्टर अपग्रेडिङ कार्यको लागि हेटौंडा ग्रिड माहाशाखा अन्तर्गत रहेको कमाने सवस्टेशबाट वितरित सम्पुर्ण ३३ र ११ केभिका फिडरहरु बन्द हुने प्राधिकरणले जानकारी दिएको छ ।
सेयर गर्नुहोस्






















