हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ मा अचेत अवस्थामा फेला परेका व्यक्तिको उपचारको क्रममा ज्यान गएको छ ।
शनिवार राति हेटौंडा(६ सापकोटा टोलमा अचेत अवस्थामा भेटिएका सोही वडा घर भएका अन्दाजी ३० वर्षीय पुर्णबहादुर परियारको अचेत भेटिएका थिए। उनलाई प्रहरी चौकी चौघडाको प्रहरी टोली उद्घार गरी उपाचारको लागि हेटौंडा अस्पतालमा लगिएको थियो। उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्