हेटौडा । बैतडीमा पहिरोले घर पुरिँदा आमा–छोराको ज्यान गएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, पहिरोमा परेर मृतक अञ्जुका सासुआमा ४५ वर्षीया राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते छन् ।
सेयर गर्नुहोस्