हेटौडा । झापा गाउँपालिका–४ मा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ । ग्रामथानका गौतमकुमार गणेशका ७ वर्षीय छोरा डेनिस गणेशको नेपाल–भारत सीमानजिकै रहेको खाल्डोमा खेल्नेक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।आइतबार दिउँसो अन्दाजी १२ बजे डेनिस खेल्ने क्रममा पानीमा डुबेका थिए । उनलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिए पनि उपचारको क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्






















