कोसी प्रदेशमा नयाँ सरकार गठनको आह्वान

हेटौंडा टुडे
२०८० श्रावण १२, शुक्रबार १४:२६ गते

हेटौंडा|  प्रदेश प्रमुख पर्शुराम खापुङले कोसी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार साउन १७ गते अपरान्ह ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढि दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरिएको हो।

सर्वोच्च अदालतले बिहीबार मुख्यमन्त्री उद्दव थापाको नियुक्ति बदर गर्नुका साथै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन कोसी प्रदेश सरकारलाई आदेश दिएको थियो।

सोही आदेशअनुसार प्रदेश प्रमुख परशुराम खापुङले नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*