हेटौंडा |लोड ट्रक र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक घाइते भएको छ । कान्तिलोकपथ सडक खण्डमा जितपुर भञ्ज्याङबाट हेटौडा तर्फ आउदै गरेको बा.प्र.०३-००१ क ०८०९ को सिमेन्टको धुलो लोड रहेको भ्याकुम ट्रकमा विपरित दिशाबाट जादै गरेको बा.प्र.०३-००३प ५५३५. को मोटरसाइकल अनियन्त्रित भइ ठोक्कियको हो।
उक्त दुर्गघटना हँदा मोटरसाइकल चालक हेटौंडा ८ कमाने बस्ने २० बर्षिय प्रयास सिम्खडा रहेका छन । दुर्घटनाबाट सिम्खडाको बाया खुट्टामा चोट लागेको र हेटौडा अस्पातालमा उपचार भइरहेको घाइतेको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यलय गढी गाउँपालीका मकवानपुरले जनाएको छ ।
सेयर गर्नुहोस्