भारतिय बजार जान नेपाली नम्बरका सवारीलाई पास चाहिने

हेटौंडा टुडे
१७ श्रावण २०८०, बुधबार १६:५९

हेटौडा । अब नेपालको सिमासँग जोडिएका भारतीय बजारहरुमा जान नेपाली चारचक्के सवारी साधनलाई पास आवश्यक पर्ने भएको छ । भारत सरकारले नेपाली चारचक्के सवारी साधनलाई विना पास भारत छिर्न नदिने जनाएसँगै नेपालको सिमासँग जोडिएका भारतीय बजारहरुमा जान नेपाली चारचक्के सवारी साधनलाई पास आवश्यक पर्ने भएको हो ।
मंगलबार वीरगंज हुँदै भारतीय बजार जादै गरेका सयौँ नेपाली नम्बर प्लेटका सवारीलाई नेपाल भारत सिमा रक्सौलबाट फिर्ता पठाएको थियो । यता भारतीय कस्ट्युम अफिसका सुुरक्षाकर्मीहरुले नेपाली नम्बर प्लेटका चारपाङ्ग्रे र मोटरसाइकलसमेत विना पास प्रवेश निषेध गराउन निर्देशन भएकोले फिर्ता पठाएको जनाएको छ । त्यसैगरी महोत्तरीको जलेश्वर हुँदै भारत जाने सीमामा पनि चारचक्के सवारी साधनलाई प्रवेश निषेध गरिएको बताइएको छ । मधेश प्रदेशको सीमा हुँदै भारत जाने सबै नाकामा चारचक्के सवारी साधनलाई प्रवेशमा पास अनिवार्य गरिएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*